अर्घाखाँचीको कारागारमा चोरी मुद्दा कैद भुक्तान गरिरहेका कैदीको मृत्यु

अर्घाखाँची कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका रूपन्देही तिलोत्तमा नगरपालिका ५ का ४६ वर्षीय कैदी विजय पाण्डे भन्ने रामप्रसाद पाण्डेको मृत्यु भएको छ। उनको शरीर एक्कासि सुन्निएर उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याउनेबित्तिकै मृत्यु भएको निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस !