एमाले अर्घाखाँचीमा तीन पालिकाको उम्मेदवार चयन,तीन पालिकामा १० आकांक्षी( विवरण सहित)

सागर महत/अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँचीले तीन वटा पालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ ।

पालिका स्तरीय बैठकबाट शितगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका र पाणिनि गाउँपालिकामा सर्वसम्मत रूपमा उम्मेदवार चयन गरिएको छ ।पार्टीले भुमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा र उपप्रमुख बसन्ता पौडेल चयन भएका छन् । थापा अहिले पनि मेयर हुनुहुन्छ । उहाँ २०७४ सालको स्थानीय चुनावमा नेकपा (माओवादी केन्द)को टिकटबाट निर्वाचित प्रमुख हुनुहुन्छ ।

शीतगंगा नगरपालिका प्रमुखमा बसन्त श्रेष्ठ र उपप्रमुख गीता भाट क्षेत्री उम्मेदवार चयन हुनुभएको छ । नगरपालिका प्रमुखका दाबेदारमा श्रेष्ठ २०७४ सालको निर्वाचनमा कांग्रेसका मेयर सुर्य प्रसाद अधिकारीसंग पराजित मेयर हुनुहुन्छ ।

यसैगरी पाणिनि गाउँ पालिकाको अध्यक्षमा टेकराज न्यौपानेलाई चयन गरिएको छ भने उपाध्यक्षको नाम सार्वजनिक गरिएको छैन । अनुकूल समयमा उपाध्यक्षको नाम सार्वजनिक गरिने नेकपा एमालेले जनाएको छ ।

यता सन्धिखर्क नगरपालिकाको मेयरको लागि ४ जनाको नाम सिफारिस गरिएको छ । जसमा कृष्ण प्रसाल श्रेष्ठ, श्रीकृष्ण भुसाल, खुबिराम आचार्य, युवराज श्रेष्ठ रहनुभएको छ । उपमेयरमा मिश्रा आचार्य, शुसिला गैरे, पार्वता श्रेष्ठको नाम सिफारिस गरेको छ ।

मालारानी गाउँपालिकाको अध्यक्षको हालका अध्यक्ष बालकृष्ण आचार्य, जनार्दन खनाल र दलबहादुर भट्टराई गरी तीन जनाको नाम सिफारिस गरिएको छ । उपाध्यक्षमा इन्दिरा आचार्य, जानका खनाल, जुना घिमिरे, दिपा पोख्रेल, लक्ष्मी अर्यालको नाम छ ।

छत्रदेव गाउँपालिकामा अध्यक्ष पदका लागि ऋषिराम अधिकारी, दिपक पन्थी र हसरदीन मियाँ गरी तीन जनाको नाम सिफारिस गरिएको छ । उपाध्यक्षमा भने मणि शर्मा पन्थी, रूपा पाण्डे प्रधान, पबित्रा श्रेष्ठ, मिना पाण्डे, सरस्वती पोख्रेलको नाम छ ।

जिल्लामा ६ वटा स्थानीय तहमा २०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेसले ४ वटा प्रमुख सहित दुई उपप्रमुख जितेको थियो । एमालेले १ प्रमुख र २ उपप्रमुख जित्दा, नेकपा (माओवादी केन्द्र)ले १ प्रमुख सहित २ उपप्रमुख जित हासिल गरेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close