श्रीलङ्कामा औषधी अभाव

एजेन्सी।श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण औषधी अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अधिकारीहरूले विरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधीको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेका हुन् । सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरुको भनाइ छ ।

अत्यावश्यक औषधी तथा उपकरणहरु छिमेकी तथा सहयोगी मुलुकहरुसँग तत्काल माग्नु पर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कटका कारण केही हप्तादेखि धेरै चिजको अभाव भइरहेको छ भने मूल्य बृद्धि पनि अत्यधिक भएको छ ।

अभाव र मूल्य बृद्धिको विरोधमा नागरिक आन्दोलन सुरु भएपछि राजनीतिक सङ्कट पनि थपिएको छ ।तत्कालिन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार सञ्चालन भइरहे पनि प्रभावकारी काम हुन सकेको छैन ।

सरकारले समस्या समाधान गर्न ठोक कदम चाल्न नसकेको भन्दै सर्वत्र आलोचना समेत भइरहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close