पाणिनिमा महिला स्वयंसेविका नगद सहित सम्मानीत
पाणिनि ।अर्घाखाँचीको पाणिनी गाउँपालिका स्वास्थ्य शाखाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दीर्घ सेवा सम्मान अन्तर्गत १४ जनालाई नगद सहित सम्मान गरेको छ ।
महिला सामुदायिक स्वास्थ्य स्वयम् सेबिकाको रुपमा सेवा गर्दै आएका उमेर ६० बर्ष अगाडि नै बसाइसराइ वा अन्य बिबिध कारणले सेवा बाट अलग हुनुपरेका ११ बर्ष देखि २८ बर्ष सम्म स्वंयम् सेबि भइ काम गर्दै आएकालाई नगद सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।सेवा गरेको अबधिका आधारमा १०हजार देखि २० हजार सम्म नगद,सहित सम्मान गरिएको हो ।
कमेन्ट गर्नुहोस !