एमालेको संसदीय दल र केन्द्रीय समिति बैठकमा खनाल–नेपाल सहभागी नहुने

काठमाण्डौं ।नेकपा एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक आज बस्दैछ। केन्द्रीय कमिटी र संसदीय दल बैठकमा नजाने खनाल–नेपाल पक्षले निर्णय लिएको छ । खनाल–नेपाल समूहको स्थायी कमिटी बैठकले ‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी २८ फागुनमा अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले आजको लागि प्रचारित बैठकमा सहभागी नहुने’ निर्णयसमेत लिएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्न बैठक बोलाएउनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close