नायिका नन्दिता केसीद्वारा नरपानीका विपन्न परिवारलाई राहत वितरण

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीकी नायिका नन्दिता केसीद्वारा अति विपन्न परिवार लाई राहत वितरण गर्नु भएको छ । जसअन्तर्ग सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का अति विपन्न ३५ परिवार लाई राहत वितरण गर्नुभएको हो। सन्धिखर्क नगरपालिका वडा नम्बर ६ मा जन्मनुभएकी नायिका केहि दशकदेखि नेपाली फिल्मी क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल नायिका नन्दिका बुबा भिम बहादुर केसी,आमा चेतना केसी,दाजु बिक्रम केसीको बहिनी समेत रहनुभएकी नायिका केसीले जन्म स्थल नरपानीका अति विपन्न परिवारका ३५ जना घर परिवारका सदस्य लाई प्रति घर परिवार लाई एक बोरा जिरा मसिनो चामल, ढेल लिटर तेल,
२ केजी दाल,३ पिस साबुन,१२ पिस मास्क वितरण गरेको वडा अध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुभयो।यस्तै सोहि वडा का दुई जना मृगौला पिडित स्थानीय क्रमश गोविन्द बहादुर झार्की र अमृता थापा लाई नगद ५ /५हजार सहयोग समेत गर्नुभएकोमा
वडा अध्यक्ष आचार्यले दैनिकी चलाउन गाह्रो भएका परिवार लाई राहत वितरण गरेकोमा धन्यवाद समेत दिनुभएको छ ।
कमेन्ट गर्नुहोस !