भारतको छत्तीसगढमा पिकअप ट्रक दुर्घटनामा १५ जना मृत्यु

काठमाडौं। भारतमा सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ ।छत्तीसगढ राज्यको कावर्धा जिल्लाको बहपानी गाउँ नजिकै पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ जना मजदुरको मृत्यु भएको छ ।पिकअप ट्रकमा तेन्दुपात सङ्कलन गरेर फर्किएका करिब २५ जना मजदुर खाल्डोमा खसेका थिए ।

कुकदुर थाना क्षेत्रमा भएको उक्त दुर्घटनामा १४ महिला र एक पुरुषसहित १५ जनाको ज्यान गएको हो। दुर्घटनामा घाइते भएका आठ जनालाई उपचारका लागि अस्पताल लगिएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close