थप १ हजार ८१ मा कोरोना पुष्टि ,६ को मृत्यु

सबैको सन्देश/ काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।यो संगै देशभर कुल सङ्क्रमितको सङ्ख्या ४९ हजार २ सय१९ पुगेको हो । पछिल्लो तथ्याङक अनुसार नेपालमा कोरोना निको भएर घर फर्कनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ । जसअन्तर्गत पछिल्लो २४ घण्टामा कोरोना लाई जितेर घर फर्कनेको संख्या ९ सय १८ रहेको छ ।आइसोलेसनमा १५ हजार २५ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ४८० जना सङ्क्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ३ सय १२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।सकृय सङ्क्रमित १५ हजार २५ रहेका छन् ।
कमेन्ट गर्नुहोस !