थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि, ९जनाको मृत्यु

२४ घण्टामा देशभर १०३९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । प्रवक्ता गौतमका अनुसार आइतबार थप ९ कोरोना संक्रमितले ज्यान गुमाएका छन् यससँगै हालसम्म ३४५ कोरोना संक्रमितको ज्यान गएको छ ।
कमेन्ट गर्नुहोस !