अस्पतालमा उपकरण बनाउन खटिरहेका छौं– कोइराला

कोभिड १९, कोरोना भाइरसको प्रकोपले यतिबेला विश्वनै तहसनहस भैरहेको छ । नेपालमा पनि कोरोना संक्रमबाट मानिसको मृत्यु भएसँगै सबैतिर यसको संन्त्रास बढेर गएको छ । यतिबेला अस्पतालमा स्वास्थ्यकर्मी प्रत्यक्ष परोक्ष रुपमा उपचारमा होमिइरहेका छन् । यो सँगै स्वास्थ्यको महत्वपूर्ण विधा मानिएको बायोमेडिकल इन्जिनियरिड्डमा पनि सबैको ध्यान गएको देखिन्छ ।

यसैबीचमा सबैको सन्देशले नेपाल बायोमेडिकल संघका केन्द्रीय सल्लाहकार संयोजक जिवेशजंग कोइरालासँग संवाद गरेको छ, प्रस्तुत छ उहासँग गरिएको संवाद ।

तपाइले यस प्रकोपलाई तपाइको विधाबाट कसरी हेरिरहनुभएको छ?

–वास्तवमा हाम्रो देशमा मेडिकल उपकरणलाई छुट्टै विधाको रुपमा स्वीकार गरेको देखिदैंन । त्यसैले पनि अस्पतालहरुमा उपकरणको व्यवस्थापनमा चुकेको देखिन्छ । त्यसको परिणाम अहिले भोग्दैं छौं । तपाइलाई अचम्मै लाग्ला अहिले हामीसँग कति भेन्टिलेटर छन् भन्ने  एउटा सामान्य तथ्याड्ड निकाल्न पनि महिनौं लाग्यो यो भनेको फितलको बायोमेडिकलको संरचना हो । हाम्रो देशको गम्भिर कमजोरी हो । यसरी हेर्दा सरकार बायोमेडिकल क्षेत्रमा चुकेको देखिन्छ ।

सरकारले के गर्नुपर्ने थियो, तपाइको ठम्याई के छ?

– तपाइले वाहिरको प्राक्टिस हेर्नुभयो भने प्रष्ट हुनुहुन्छ । प्रत्येक अस्पतालमा बायोमेडिकल शाखाको छुट्टै व्यवस्था गरिएको हुन्छ । जहाँबाट उपकरण सम्बद्ध सबै काम सोही शाखाबाट हुन्छ तर हाम्रोमा यो छैन । उपकरण बिग्रियो भने मात्रै मर्मत गर्नुपर्छ भन्ने धारण छ यो सरासर गलत हो । यदि बायोमेडिकल फाँटको अस्पतालहरुमा अवधारणा ल्याउन सके धेरै समस्याको समाधान हुन्छ । उपकरणको व्यवस्थापनसँगै तालीम, मर्मत, संम्भार लगायतका सबै काम यसैबाट हुन्छ तर यहाँ यो छैन ।

सरकारलाई यस विषयमा बुझाउन तपाइले के गरिरहनुभएको छ?

– यसै कुरालाई मध्यनजर गरेर हामीहरुले बायोमेडिकल विषय पढेकाहरुलाई एकिकृत गरेर नेपाल बायोमेडिकल संघ खोलेका छौं । यसमार्फत हामीहरुले स्वास्थ्य मन्त्रालयलाई प्रतिबद्धता जनाउँदैं निशुल्क रुपमा देशभरका उपकरणको मर्मत देखि व्यवस्थापनमा सहयोग गर्छौं भनेका छौं । हाम्रो संगठनका र म आफै पनि महाविर पुनको संयोजनमा रहेको राष्ट्रिय आविश्यकार केन्द्र तथा अरु अस्पतालमा गई भेन्टिलेटर लगायतका अरु उपकरणको मर्मतमा सक्दो सहयोग पनि गरेका छौं । यसर्थ यदि सरकारले हामीलाई साथ दिन्छ भने हामी निश्वार्थ सेवामा जोडिन खोजिरहेका छौं । यसर्थ हाम्रो भूमिका अहम् हुने कुरा सरकाले व्यवाहारिक रुपमा अनुभूत गरेको नै छ भन्ने लाग्छ तर नीतिगत रुपमा सरकारे अझै सम्बोधन गर्न सकिरहेको छैन ।

कोरोना संक्रमणबाट नेपालमा मानविय क्षति हुन थालेको छ यस्तो अवस्थामा तपाइको संस्थाबाट आम सर्वसाधारणले के अपेक्षा गर्न सक्छन्?

– सर्वप्रथम त नेपालमा बायोमेडिकलका प्राविधिक एकदमै न्यून छन् । यहि धरातलमा टेकेर भन्नुपर्दा मेडिकल उपकरणबिना उपचार गर्न निकै कठिन छ । आइसियुमा भेन्टिलेटर सहित मोनिटर, अक्सिजन पनि त्यतिकै आवश्यक छन् यसको लागि त प्राविधिकको राम्रोसँग व्यवस्थापन गर्न सकिएन भने धरैको उपचारकै क्रममा मृत्यु हुन्छ यसर्थ यो कुरालाई ख्याल राख्न पर्छ भनिएको हो । आम सर्वसाधरणले पनि यो कुरामा हेक्का राख्नुपर्छ अर्कोतर्फ राज्य यसमा बढी जिम्मेवार हुनुपर्छ ।

तपाईहरुसँग अहिले नेपालमा कति जति जनशक्ति छरु के यस्तो विपत्तिमा सहजै तपाइहरुसँग प्राविधिकहरु उपचारमा जोडिएलान्?

– सबैले बुझ्नुपर्ने कुरा के भने सबैभन्दा ठूलो त मान्छेलाई आफ्नै पीर हुन्छ । आफू बाँचे अरुलाई बचाउने हो । यदि हामीलाई पनि उचित तवरले व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामाग्री उपलब्ध गराइन्छ भने हामी बिनासर्त राज्यलाई सहयोग गर्न तयार छौं । अहिले हामीसँग देशभरबाट करीब २०० जना बायोमेडिकल प्राविधिक सहयोग गर्न सहमत हुनुहुन्छ । यसको सुरुवात हामीले गरि पनि सकेका छौ । महावीर पुनसँग सहकार्य गर्दे कान्ति बाल अस्पताल,गंगालाल मुटु अस्पताल, वीरेन्द्र छाउनी अस्पताल लगायत धेरै ठाउँमा हामीले उपकरणको मर्मत गरि सकेका छौं । यसर्थ हाम्रा साथीहरु क्रियाशिल ढंगले कामका जोडिन तत्पर नै हुनुहुन्छ ।

मेडिकल उपकरणमा हिसाबले हामी कस्तो अवस्थामा छौं?

हामी उपकरणका हिसाबले कठीन अवस्थामै छौं । हामी सानो सानो व्यवस्थापनमा चुकेको छौं । यसर्थ पनि सहि ढंगले नलाग्ने हो भने मेडिकल उपकरणले ज्यान बचाउन सक्छन् भनेर भन्न सकिन्न । फेरी यस्तो विपत्तिको बेला निराशाभन्दा पनि बढी आशावादी भएर अगाडी बढ्नुपर्छ । सबैको सबैतिरबाट योगदान भए गाह्रोसाह्रो भएपनि यस विपत्तिबाट हामी पार लाग्न सक्छौं ।
लकडाउन खुलेको छ यस्तो बेला सरकारको तयारी के हुनसक्छ?
लकडाउन खुलेपनि सरकारले मेडिकल उपकरणको बन्दोबस्तमा ढिलाई गर्नुहुदैंन । बरु यहि बेलामा बाहिरबाट उपकरण ल्याउने, नेपालमा बिग्रेर थन्केका उपकरणहरुको मर्मत संम्भार गर्नेजस्ता कामलाई गति दिनु आवश्यक छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close