एमालेको दशौ राष्ट्रिय महाधिवेशनमा अर्घाखाँचीबाट ४ हजार सदस्य सहभागी हुँदै

अर्घाखाँची ।नेकपा एमाले अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।जिल्ला कमिटी का पदाधिकारीको विस्तारित बैठकले चितवनमा हुने दशौ राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट कम्तीमा ४ हजार पार्टी सदस्यहरुलाइ सहभागी गराउने निर्णय गरेको छ । जसमध्ये सन्धिखर्क नगरपालिका बाट ११ सय जना,शितगंगा नगरपालिका बाट ७ सय जना,भुमिकास्थान नगरपालिका बाट ५ सय जना,मालारानी गाउँपालिका बाट ७ सय जना,पाणिनी गाउँपालिका बाट ४ सय जना ,छत्रदेव गाउँपालिका बाट ४ सय जना र जनसंगठनहरुबाट १ सय जना गरि ४ हजार जना सहभागिता गराउने भएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ।
महाधिवेशन मंसिर १०,११ र १२ हुन लागेको छ ।

यस्तै महाधिवेशनका लागी देशभर एकै दिन प्रतिनिधि छनौट गर्ने पार्टी केन्द्रको निर्णय अनुसार अर्घाखाँची जिल्लामा पनि कार्तिक २७ गते नै महाधिवेशन प्रतिनिधिको निर्वाचन सम्पन्न गर्नका लागि बिजय खत्री र बिष्णु बेल्बासे प्रमुख निर्वाचन आयुक्त भएको २ वटा निर्वाचन कमिटी गठन गरेको एमाले जिल्ला कमिटि उप–सचिव प्रेम नारायाण गैरेले जानकारी दिनुभयो ।यस्तै प्रतिनिधि छनौटका सन्दर्भमा आवश्यक परामर्श तथा सहजीकरण गर्नका लागि पार्टी केन्द्रिय सदस्य एव अर्घाखाँची जिल्ला इन्चार्ज चन्द्रबहादुर खडका,पार्टी केन्द्रिय सदस्य बोम बहादुर बिश्वकर्मा समेतका नेताहरू रहेको कार्यदल समेत गठन गरेको छ । पार्टीको साङठानिक कामको सन्दर्भमा कार्तिक मसान्तसम्म पालिका कमिटी र मंसिर ५ गते सम्म वडा कमिटीहरुको बैठक बसेर पार्टीका टोल कमिटी भेला गर्ने,जनसंगठनका बैठक भेला तथा अधिवेशनहरु सम्पन्न गर्ने योजना बनाउन निर्देशन गरेको छ। पार्टी जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता पार्टी केन्द्रिय सदस्य एवं अर्घाखाँची जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यता र सचीव तोजबहादुर रायमाझीको संचालनमा सम्पन्न बैठकमा पार्टी केन्द्रिय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, प्रदेश कमिटी सदस्यहरु जनार्दन खनाल,कुटमदिन अलि,दलबहादुर भट्टराई,पिताम्बर भुसाल,केबी भुसाल,प्रकाश् ज्ञवाली लगायतका नेताहरूको आतिथ्यता रहेको थियो ।बैठकमा ६ आटै पालिकाका अध्यक्षहरुले पाटिको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close