गाईभैँसीलाई सुत्केरी भत्ता दिदैं सन्धिखर्क नगरपालिका

सागर महत,सबैको सन्देश/ अर्घाखाँची
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गाई–भैँसीलाई पनि सुत्केरी भत्ता दिने भएको छ ।जसअन्तर्गत प्रोत्साहनस्वरुप जिल्लामा पहिलो पटक सुरु गरिएको गाई–भैँसी, सुत्केरी भत्तास्वारुप २ हजार प्रदान गरिने सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टाईले जानकारी दिनुभयो ।जसको लागी गाई–भैँसी,सुत्केरी भएको २ महिना अवधि भित्र वडा कार्यालयको शिफारीस नगरपालिकामा ल्याउनु पर्ने छ ।
दुधालु भैँसी र भर्खरै जन्मिएका पाडापाडी मासुका लागि किनबेच हुने थालेपछि त्यसको संरक्षणको संगै गाई–भैँसी, सुत्केरी भएको समयमा किसान लाई आवश्यक पर्ने सामाग्री खरिद गर्न सहज होस भनेर यस्तो कार्यक्रम संचालनमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले जानकारी दिनुभयो ।यस्तै अर्के तर्फ नगरपालिकाले पशु बिमा गर्ने किसान लाई ५०% लगानी गरिदिने भएको छ । भने बाझो जमिन सदुपयोग गर्ने लाई पहिलो चरणमा प्रोत्साहनस्वरुप १ हजार दिनेभएको छ ।
कमेन्ट गर्नुहोस !