अर्घाखाँचीका ४२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीका एक कोरोना संक्रमित पुरुषको नेपालगञ्जमा मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नं. १२ का कोरोना संक्रमित ४२ वर्षीय पुरुष भुबनेश्वर कुवँरको मृत्यु भएको शिक्षण अस्पताल कोहलपुरले जानकारी दिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले बताउनुभयो । गत साउन २७गते सन्धिखर्क नगरपालिका मा ट्रिपर दुर्घटनामा परि घाइते भएका ट्रिपर चालक कुवँर लाई उपचारको लागि युनिभर्सल मेडिकल भैरहवामा भर्ना गरिएको थियो ।
थप स्वास्थ्यमा समस्या आएपछि कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको थियो ।पोजेटिभ देखिएपछि उनलाई उपचारको लागि केहि दिन भिम अस्पतालमा लगिएको थियो ।त्यहाँ पनि उपचार सम्भव नभएपछि भदौ ११ नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको मा आज उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।मृतकमा सिभियर निमोनिया समेत देखापरेको थियो ।
कमेन्ट गर्नुहोस !