थप १२ सय ४६ मा कोरोना पुष्टि,एक जिल्लाबाट अर्को जिल्ला जाने नागरिक आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नुपर्ने

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ४६ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ८ सय १८ जना संक्रमित डिस्चार्ज भएका छन् ।हालसम्म ३५ हजार ७ सय जना डिस्चार्ज भएका छन् ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट थप ५ जनाको मृत्यु भएको छ ।
यस्तै सरकारले नयाँ नियम लागु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जानेलाई अनिवार्य १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको छ । त्यस्ता व्यक्तिले १४ दिन क्वरेण्टीनमा बस्दा आफैले सम्पूर्ण खर्च बेहोर्नुपर्ने मन्त्रालयले जनाएको छ ।कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।१४ दिन क्वरेण्टीनमा बस्दा कुनै लक्षण नदेखिएमा भने पीसीआर परीक्षण गर्नुपर्ने छैन ।
कमेन्ट गर्नुहोस !