अर्घाखाँचीमा थप १ जना लाई कोरोना पुष्टि,६जना डिस्चार्ज

शक्ती महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन ।यस्तै बितेको २४ घण्टामा १ जना लाई कोरोना पुष्टि भएको छ ।पुष्टि हुनेमा सन्धिखर्क नगरपालिका वडा नं ९ का एक ब्यक्ती रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।हाल सम्म जिल्लामा कुल कोरोना संक्रमित ३ सय ७१ मध्ये ३ सय ४९ जनाले कोरोना लाई जितेर घर फर्किएका हुन । ति मध्ये जिल्ला भर हाल संक्रिय कोरोना संक्रमित संख्या १८ जना रहेका छ ।भने कोरोनाका कारण जिल्लाभर ४ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताउनुभयो ।हाल भारत तथा छिमेकी जिल्ला बाट आएर क्वारेन्टाइनमा बस्नेको संख्या १ सय ७४ रहेको बतााइएको छ ।यता होम क्वारेन्टाइनमा बस्नेको संख्या १सय १५ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close