बायोमेडिकल संघले सबै प्रदेशलाई बुझायो ज्ञापनपत्र

नेपाल बायोमेडिकल संघले सबै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ज्ञापन पत्र लेख्दै आफ्ना मागहरु राखेको छ । संघले प्रत्येक स्वास्थ्य संस्थामा वर्कशप सहितको बायोमेडिकल विभागको स्थापना गर्न, स्वास्थ्य संस्थामा रहेका औजार उपकरणको नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था मिलाउन सबै प्रदेश सरकारसँग माग गरेको छ।
बायोमेडिकल विभागलाई आफ्नो निर्दिष्ट कार्यविवरण सम्पादनको लागि कार्यविधि सहितको आवश्यकीय बजेट छुट्याउने व्यवस्था मिलाउनुपर्ने, उपकरणको खरिद योजनादेखि लिलामीसम्मको समग्र प्रक्रियामा बायोमेडिकल जनशक्तिको संलग्नता गराउनुपर्ने लगायत माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
केही समयअगाडी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई भेटेर ज्ञापन पत्र बुझाइएको संघका सचिव सुनिल उपाध्यायले जानकारी दिए।
यस्ता छन् संघका माग
-राज्यले सरकारी, गैर सरकारी, निजी, सामुदायिक स्वास्थ्य संस्थाहरुमा बायोमेडिकल जनशक्तिको बेड संख्या अनुरुप दरबन्दीको स्थापना र वृद्धि गर्नुपर्ने,
– प्रत्येक स्वास्थ्य संस्थामा वर्कशप सहितको बायोमेडिकल विभागको स्थापना गर्नुपर्ने,
– बायोमेडिकल विभागले सम्पादन गरेको काम, उपकरणको लाइफ साइकल र स्वास्थ्य संस्थामा रहेका प्रविधिजन्य अन्य कामहरुको बायोमेडिकल विभागद्धारा अनलाइन रेकडिड्ड र रिपोटिड्ड गर्ने व्यवस्था मिलाउने,
– प्रत्येक प्रदेशमा प्रदेशस्तरीय बायोमेडिकल वर्कशपको स्थापना गर्नुपर्ने,
– उपकरणको खरिद योजनादेखि लिलामीसम्मको समग्र प्रक्रियामा बायोमेडिकल जनशक्तिको संग्लनता गराउनुपर्ने,
– बिरामीको प्रत्यक्ष उपचारमा जोडिएका उपकरणको संचालन मर्मत तथा संम्भार जोखिमपूर्ण रहेको हुदाँ जोखिम भत्ता तथा बिमाको सुनिश्चितता गर्ने,
– बायोमेडिकल जनशक्तिको वृत्तिविकासको लागि उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति र क्षमता अभिवृद्धिको लागि तालीमको व्यवस्था गर्नुपर्ने ।
कमेन्ट गर्नुहोस !