दोलखामा माओवादीका गंगा कार्की विजयी

काठमाण्डौं ।दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गठवन्धनका उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी हुनुभएको छ। एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
कार्कीले ३६ हजार नौ सय ९५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ७७ मत प्राप्त गर्नुभएको हो। मतान्तर तीन सय १८ रहेको छ ।
कमेन्ट गर्नुहोस !