अर्घाखाँचीमा थप ३ जनामा कोरोना पुष्टि

शक्ती महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा जिल्लाको भुमिकास्थान नगरपालिकाका नागरिक हुन ।यो संगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ३सय ७४ पुगेको छ । जस मध्य३ सय ४९जना कोरोना निको भएर डिस्चार्ज भएका छन ।हाल जिल्लामा सक्रिय कोरोना संक्रमित २१ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।खनालका अनुसार जिल्लाका स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या २ सय १४ रहेको छ ।भने होम क्वारेन्टाइनमा बस्नेको संख्या १ सय १५ रहेको बताइएको छ ।यता गत भदौ २३गते जनज्योति माविमा ७४ जनाको पिसिआर परिक्षण गर्न पठाइएको मध्य ५६ जनाको रिपोर्ट नेगेटिभ आएको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !