अर्घाखाँचीमा नक्कली प्रहरी पक्राउ

सागर महत /अर्घाखाँची ।अर्घाखाँचीमा नक्कली प्रहरी बनेर मादक पदार्थ सेवन गरी डर त्रास देखाई तथा गाली गलौज गर्ने दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीका २० वर्षीय दिपक केसी रहेको रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले पक्राउ परेकाहरुले हामी सादा पोसाकमा खटिएका प्रहरी हौँ भन्दै स्थानीयलाई तर्साउँदै आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, उनीहरुले मादक पदार्थ सेवन गरी सन्धिखर्क नगरपालिका वडा नम्बर १ बसपार्क वरपरका होटल तथा पसलमा चेकजाँच गर्ने, स्थानीयवासीलाई डर त्रासमा पारी गाली गलौज तथा अभद्र व्यवहार गर्ने गरेका थिए।’ उनीहरुलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close