जाजरकोटमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। पश्चिम जाजरकोटको छेडागाड नगरपालिका(४ भीरबाटी भन्ने ठाँउमा कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मानबहादुर रावल, बीर बहादुर खत्री, जयकुरा बुढा, बीरेन्द्र केसी, नैनसरा अधिकारी, अम्मरबहादुर खड्का, रामबहादुर बुढा, दीपक अधिकारी र देवीसरा बुढा छन्।
दशेराको जेवाबाट लेवा जाँदै गरेको जीप दुर्घटनामा भएको हो। मृत्यु हुनेमा धेरैजसो लेवा गाँउका छन्। दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन्। घाइतेको दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ ।
कमेन्ट गर्नुहोस !