अर्घाखाँचीमा रुखबाट खसेर एक महिलाको मृत्यु

अर्घाखाँचीमा रुख बाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नं ९ सिद्धाराकी ७१ बर्षिय हेमकला बिकको रुख बाट खसेर मृत्युु भएको हो । घर नजिकै खरवारीमा डालेघाँस काट्न चढेकी महिला रूखबाट करिव १५ हात माथीबाट खसेर गम्भीर घाईते भएकी थिईन् । तर उनको थप उपचारका लागी बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको सिद्दारा प्रहरीले जनाएको छ ।मृतक महिलाको श्रीमान र छोराछोरी कोहि छैनन् ।
कमेन्ट गर्नुहोस !