भुमिकास्थानमा वडा अध्यक्षको लाहापरवाहीका कारण किर्ते गर्ने ६ जना पक्राउ

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा किर्ते गरेर राहत रकम बुझ्ने ६ जना पक्राउ परेका छन् ।नभत्किएको घरलाई भत्किएको भनी नक्कली कागजात बनाएर राहत रकम बुझ्ने ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।
उनीहरुले पहिरोले घर भत्किएको भनेर भुकम्पमा भत्किएका घरका फोटो समेत राखेर नक्कली मुचुल्का तथा वडा कार्यलयको सिफारिस बनाएर जिल्ला प्रशासन कार्यलयबाट १५ हजारका दरले राहत रकम बुझेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।स्थलगत अनुगमनको क्रममा नक्कली कागजात बनाएर राहत रकम बुझेको फेला परेको हो ।
यता वडा अध्यक्ष नारायण प्रसाद खनालले अनुगमन नगरि प्रहरीको मुचुल्काका आधारमा सिफारिस गरेको आफैले बताउनुभएको छ । आफ्ने गल्ती लाई ढाकछेप गदै भन्नु भयो स्थलगत अनुगमन गर्न नभ्याईएको समेत उहाँले जानकारी गराउनुभएको छ ।
कमेन्ट गर्नुहोस !