सार्वजनिक यातायात चल्न सुरु

आज देखि लामो दूरीका सार्वजनिक यातायात चल्न सुरु भएको छ । झन्डै ६ महिना पछि सार्वजनिक यातायात सञ्चालनमा आएका छन । मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेदेखि लामो दूरीका यातायात चलाउन दिने निर्णय गरेको थियो। जसअन्तर्गत ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी सार्वजनिक यातायात चल्न दिने निर्णय सरकारले गरेको छ । एक लाइनको सिटमा एक जना मात्रै यात्रु राखेर यातायात सेवा सञ्चालन गर्नुपर्ने सरकारको सर्त छ।
त्यसको लागि विभिन्न मापदण्ड बनाउन यातायात व्यवस्था विभागलाई जिम्मा दिइएको छ। त्यही मापदण्डभित्र रहेर व्यवसायीले लामो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्नुपर्नेछ।यस्तै यता अर्घाखाँचीमा पनि बिहानै देखि चहलपल बढेको छ ।
कमेन्ट गर्नुहोस !