९ सयले सुनको मूल्य घट्यो

नेपाली बजारमा सुनको मुल्य आज एकैदिन तोलामा ९ सय रुपैयाँ घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९६ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको थियो । त्यसैगरी चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले ओरालो लागेको छ ।चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।अन्तराष्ट्रिय बजारमा सुन प्रतिअउन्स एक हजार ९४२ डलर बराबरमा कारोबार भइरहेको छ ।
कमेन्ट गर्नुहोस !