भारतको उत्तर प्रदेशमा निस्सासिएर तीन नेपालीको मृत्यु

भारतको उत्तर प्रदेशस्थित मेरठमा कोठामा निसासिएर तीनजना नेपालीको मृत्यु भएको छ । मजदुरीका लागि त्यहाँ पुगेका कैलालीको गौरीगंगा नगरपालिका– १, गप्काका करिब ३५ वर्षीय चन्द्रबहादुर भुल, उनकी पत्नी ३२ वर्षीया कुमारी भुल र छोरी चार वर्षीया अञ्जलीको मृत्यु भएको हो ।

चिसोले राति कोठामा कोइला बालेर सुतेका तीनैजनाको धुवाँले निसासिएर मृत्यु भएको बुझिएको मृतक चन्द्रका भाइ नाता पर्ने वीरेन्द्र भुलले बताए । त्यहाँ रहेका नेपालीको सहयोगमा शव ल्याउने तयारी भइरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close