अर्घाखाँचीको सन्धिखर्क ७ मा ८ घर पहिरोको उच्च जोखिममा

सागर महत / अर्घाखाँची ।
अर्घाखाँचीमा तीन दिनदेखि परेको अविरल वर्षाका कारण ८ वटा घर उच्च जोखिममा परेका छन । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं.७ भुजुङ्गे स्थित दलित बस्ती पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिनुभयो ।
सुचना अधिकारी गुप्ताका अनुसार ८ वटा घर परिवारका ३६ जना लाई स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोलीद्वारा नजिकै रहेको चन्द्रप्रभा मावि डिहिडाँडामा स्थानान्तरण गरीएको बताइएको छ ।यस्तै अविरल वर्षाका कारण सितगंगा नगरपालिकामा  २ वटा घर भत्किएका छन् । नगरपालिकाको वडा नं. ४ चाक्लामा दिपक सुनारको घर भत्किँदा २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ । यता भुमिकास्थान नगरपालिकाको वडा नं.७ र९ वडामा गोठ भत्किँदा २ वटा भैंसी मरेक छन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close