गुल्मी अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द

गुल्मी- गुल्मी अस्पताल तम्घासको आकस्मिक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उत्तम पाच्यलाई कोरोना पुष्टि भएपछि अस्पतालले सार्वजनिक रुपमा सूचना जारी गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने जनाएको हो।
कोभिड- १९ डायग्नोष्टिक ल्याब्रोटोरी तम्घासमा गरिएको स्वाँब परीक्षणको क्रममा डा.पाच्यसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ। बिहीबार कन्ट्रयाक्ट ट्रेसिङका आधारमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, स्वास्थ्य कार्यालयका प्रमुख डा भवानीप्रसाद शर्मासहित जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयका सम्पूर्ण स्वास्थ्यकर्मी गरी १ सय १२ जनाको स्वाब सङ्कलन गरिएको छ।
पहिलो पटक ३६ जनाको स्वाँव परीक्षण गर्दा १६ जनामा कोरोना रिपोट पोजेटिभ देखिएको जनाइएको छ। शुक्रबार मुसिकोट नगरपालिकाका ६७ जनामा गरिएको स्वाब परीक्षणमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने थप ६ जनाको र्यापिड टेष्टमा राखिएको र त्यस बाहेक अन्य सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ। -रासस
कमेन्ट गर्नुहोस !