शितगंगा नगरपालिकाको आयोजनामा तीज गित प्रतियोगिता सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिकाको आयोजनामा तीज गित प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा ८ टिमको सहभागीता रहेको थियो । जसमा प्रथम वडा नम्बर १को समुह ,दृतिय वडा नम्बर ६ को समूह, तृतिय वडा नम्बर ९ को समूह र सान्त्वना वडा नम्बर ४ भएको हो ।
प्रतियोगितामा क्रमश प्रथम हुनेलाई ३० हजार ,दृतिय हुनेलाई २५ हजार , तृतिय हुनेलाई २० हजार र सान्तना हुनेलाई नगद १५ हजार पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगर प्रमुख छविलाल पौडे्ल, उपप्रमुख गिता भाट ,निमिक्त प्रमुख प्रशासकिय अधिकृत नुमलाल खनाल लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !