काठमाडौं गैह्रीगाउँमा ४ जनाको हत्या

काठमाडौँ । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य स मिलमा धारिलो हतियार प्रयोग गरी चार जनाको हत्या भएको छ । मृत्यु हुनेमा २ महिला र २ जना पुरुष छन् ।दोलखा घर भएका कुमार भुजेल, उहाँकी श्रीमती अम्बिका र कुमारकी आमा शुभद्रा भुजेल तथा मोरङ घर भएका नवीन राईको शव भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका सहप्रवक्ता अनिल अधिकारीका अनुसार गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र हत्या गरेको अवस्थामा प्रहरीले आज विहान चार जनाको शव फेला पारेको हो ।घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।थप विवरण आउँन बाँकी छ ।
कमेन्ट गर्नुहोस !