ब्लग- कोरानाबाट सिर्जित चुनौतिलाई नजिकबाट नियाल्दा

-डा. पुष्कर काफ्ले
सुरुवातमा तराई क्षेत्रबाट कोरानाको संक्रमण व्यापक बन्यो यो सँगै नेपालभर विशेषत राजधानीमा यसको संक्रमणको दर बढेर गयो । अझ कोराना बढेसँगै नेपालमा रहेका अस्पतालको अवस्थाबारे अनेकन प्श्नचिन्ह आम जनतासामू झन खडा भए । राजधानीमा रहेका अस्पतालमा म धेरैपटक पुग्दा उपचारमा सहजता कहिल्यै देखिनँ, सधै भिडभाड । जनताले सरकारी अस्पतालमा एउटा सामान्य शल्यक्रिया गर्दा लामो समयसम्म कुर्नुपर्ने बाध्यता सधै नै रहन्छ ।

अझै आकस्मिक रुपमा आउने विभिन्न रोगब्याधी, महामारीले त अस्पतालका सेवा नै प्रभावित भैरहेका हुन्छन् । बेड अपुग हुनु, भिडभाड हुनु यि यावत् प्राय अस्पतालमा भै नै रहन्छन् । यसको कष्ट झन् तराइमा व्यापक देखिन्छ । अस्पतालका विभिन्न स्रोत साधनको अपर्याप्तताले समेत तराइका अस्पताल यसबाट बढी प्रभावित रहन्छन् ।

पिसिआर परीक्षणले कोरोना संक्रमण उभों लागि नै रह्यो । यसले फेरी लकडाउनमा समेत देश गयो । तराइको वीरगंन्जमा संक्रमण अत्याधिक भएपछि बिरामी उपचारका लागि राजधानी भित्रिने क्रम समेत बढ्न थाल्यो । तराइबाट आएका बिरामीको उपचारमा सरकारी तथा नीजि अस्पताल उदासिन देखिए । केही हच्किए ।

मेरो एकजना आफन्त बिरामी भएपछि काठमाण्डौं ल्याइयो । बिरामी भर्ना गर्ने नमान्ने, गरिहाले पनि उपचारमा आनाकानी गर्ने जस्ता कुराले बिरामी झन् प्रताडित बन्नुपरेको मेरै आखाँले देखें । बिरामी अपहेलित भए, हामी मूखदर्शक बन्यौं । त्यस्तैमा अनेकन चिनजानका मान्छे खोज्यौं, बिरामी उपचारकै लागि । बल्लतल्ल भनसुनले एउटा अस्पताल उपचार गर्न तयार भयो तर सर्तसहित ।

उसले सर्त राख्यो, उपचार हामी गछौं तर बिरामीको कोराना परीक्षणको रिपोर्ट पोजेटिभ आए तपाइहरुले कोभिडका बिरामी उपचार गर्ने ठाउँमा लैजानुपर्छ । बिरामी भर्ना भनसुनले बल्लतल्ल गरेपनि यसपछिका आफ्नै कठिनाई थिए । आम सर्वसाधरणले पाउने उपचार मैले कल्पनाबाहिर पुगेको महशुस गरे । अस्पतालले आँशिक उपचार थालेपनि रिपोर्ट कुर्न भन्यो । त्यसैले बाँकी केही घण्टा हामिले बितायौं ।
२०७७ श्रावण ३० गते दिउँसो ४ बजे भर्ना भएको बिरामीको ३१ गते बिहान ८ बजे पोजेटिभ रिपोर्ट आयो । अब अस्पतालले हामीलाई त्यहाँबाट अन्यत्रनै उपचार गर्न लैजान सुझायो । भनौं बाध्य बनायो । कोभिड अस्पताल लैजाने हाम्रो प्रयास सफल हुन सकेन । यहाँ पनि भनसुनकै साहारामा बल्लतल्ल आइसियूमा ल्याइपुर्यौं । यसबीचका कष्टप्रद भोगाई अनेक छन् । बिरामीको स्वास्थ्यस्थिति बिग्रदो क्रममा रहेकोले हामी पीडामा थियौं । मनबाट हरेशका लाभा दौड्न थाले तथापी बचाउन सकिन्छ कि भनेर निकै यत्न हामीबाट भयो ।

मैले यसबीचमा बिरामी आफन्तको उपचारको लागि कुनै कसर बाँकी राखिनँ । राजनीतिक दलका नेताको साहारा लिन पुगें । लाग्यो, हामी गरिब जनता कतिन्जेलसम्म अरुको आश्रयमा बाँच्न विवश बनिरहनुपर्ने होला । फगत नागरिकता समातेर कहिलेसम्म आफ्नो फगत स्वाभिमानलाई बोकेर हिँड्नुपर्ने होला । लाग्यो हामी कर्तव्यमा मात्रै सिमित छौं अधिकार हामीबाट टाढा भएको मैले राम्रैसँग अनुभूत गरें । तर म रत्तिभर पनि डगमगाइन । आत्मविश्वास दह्रौ नै बनाइरहे ।

रातभरीको अथक प्रयासपछि बिरामीलाई बलम्भूस्थित शसस्त्र प्रहरी अस्पतालमा भर्ना गरियो । बिरामी राखेपनि अस्पतालले हामी कुरुवाको लागि राख्ने सम्भावना थिएन । हामीले यसको अपेक्षा पनि राखेनौं । त्यसपछि नजिकै रहेको एक बन्द कार्यालयमा साहारा लियौं ।

बिरामीको व्यवस्थापन आफैमा चुनौतिपूर्ण त छदैं थियो । कुरुवाको लागि त्यस्तै कष्ट । काठमाण्डौमा भएका घरधनीले आश्रय दिनै नमान्ने परिस्थिति एकातिर थियो । काठमाण्डौंका घरबेटी बिरुप लागे । उनीहरुले नयाँ मानिस देख्खा कर्के नजरले हेरे । बिरालोले बाटो काट्दा गर्ने मान्छेले छिछि र दूर दूरको व्यवहार गरे । खानाको कुनै व्यवस्था भएन । बिरामीका आफन्त कुरुवाको समस्या यी यावत कुराले झन् हृदयविदारक थियो ।

यसबीचमा हामी पैसाले थिचियौ । कोभिड उपचारको लागि प्रयोग गर्ने रेडमिसिभर औषधीको ५० हजारका दरले तिर्दे उपचार गर्दा कति धेरै आर्थिक संकट भोग्नुपर्यो । औषधी सहजै नपाइने कारणले कतै बिरामीलाई बचाउन त सकिने हैन यी यावत् तनावले म लगायत आफन्त मानसिक तनावमा थियौं । तैपनि क्रणधन गरेर उपचारमा कुनै कसर बाँकी राखेनौं ।

केही दिनको बसाइँपछि बिरामीलाई कोरोनाबाट मुक्त्त पारियो । यसमा स्वास्थ्यकर्मीसँगै धेरैको योगदान रह्यो । पीडा आफ्नो ठाउँमा रहनेगरी । भोगाइको चोट नबिर्सिने गरी । कोराना भाइरसले जित्न नसकेपछि हामी आशाको बीज बोकेर अस्पतालबाट त हिँडयौं तर म सोचिरहन्छु र झस्किरहन्छु, सहज उपचार पाउन नसकेर मृत्यससँग भिडिरेका संक्रमित र कुरुवा आफन्तलाई सम्झेर । कामना गर्छु, संक्रमितलाई जिन्दगीको आयू लम्बाउने शौभाग्य प्राप्त होस् र राज्यको जिम्मेवारी प्रभावकारी बनोस् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close