दलित महिला संघ अर्घाखाँचीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सागर महत । अर्घाखाँची।
दलितविरुद्ध हुने हिंसा र भेदभावका घटना बढिरहेका छन् । यसको मूल कारण राज्य सरंचनामा सार्थक परिवर्तन आउन नसक्नु नै हो । यसका लागि नीतिगत र संरचनागत परिवर्तन आउनु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाली समाजमा कथित उपल्ला जातिका मानिसले दलितलाई हेर्ने नजर तथा गर्ने व्यवहार केहि प्रतिशत परिर्वतन भएता पनि अझै परिवर्तन गर्नको लागि जुटनु पर्ने समय आएको एक कार्यक्रमका बक्ताले बताइएका छन ।जातिय विभेद तथा लौङ्घिक हिंसा विरुद्व र मानवअधिकार उल्लंघनको सवालमा स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्ने सबै वक्ताहरुले छुवाछुतको अन्त्य नभएसम्म समुदाय स्तरमा सचेतना जस्ता कार्यक्रम अहिलेको आवश्यक रहेको बताएका छन ।
दलित महिला संघ अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सम्पन्न भएको कार्यक्रममा अधिवक्ता इन्दु पाण्डे,गैर सरकारी संस्थाका ठाकुर अधिकारी सन्धिखर्क नगरपालिका कार्यपालिका सदस्य सृर्जना विक ईन्सेक प्रतिनिधी नारायण भुसाल, दलित अगुवाहरु संजय नेपाली, बिष्णु परियार, वडा सदस्य सृजना विक, नेपाल महिला संघकी छमा कार्की लगायतले बोल्दै ऐन र कानुन प्रसस्त भएपनी पहुँचका आधारमा व्यवहार गर्ने गरिएको बताएका छन् । सत्ता संचालनका तहमा रहेका व्यक्तीबाटै कानुन उल्लङघन हुने गरेको र उनीहरुको प्रत्यक्ष संलग्नता यस्ता घटना ढाकछोप हुने गरेको उनीहरुको आरोप छ ।
कार्यक्रम बोल्दै दलित महिला संघ अर्घाखाँचीकी अध्यक्ष राधा नेपालीले पहिलोको भन्दा अहिले दलित समुदाय लाई हेर्ने दृष्टीकोणमा केही प्रतिशत परिवर्तन भएता पनि शोषण, उत्पीडन, अत्याचार र अपमानको सिलसिला यथावत् रहेको बताउनु भएको छ । तरपनि समुदायको हक हितको लागि निरन्तर लागि परेको बताउनु भयो । कार्यक्रम राधा नेपालीको अध्यक्षता, आशा परियारको स्वागत मन्तब्य र कुल बहादुर नेपालीको संचालन सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !