शितगंगाका १२ का जमिन भासिएर घरबार बिहिन भएकालाई राहत वितरण

प्रेमनाराण आचार्य /अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ को कोठिया क्षेत्र र ११ को ढुंगेशेरा क्षेत्रमा जमिन भासिएर घरबार बिहिन भएकाहरू लाई उद्योग वाणिज्य संघ र निर्माण ब्यबसायी संघले राहत प्रदान गरेको छ । उद्योग वाणिज्य संघले १ लाख १ हजार रुपैया नगद सहित ३१ बोरा चामल, ६५ लिटर तेल, ७५ किलो नुन र २५ किलो दाल प्रदान गरेको छ । निर्माण ब्यबसायी संघले १ लाख १ हजार नगद सहयोग गरेको छ । नगद तथा खाद्यान्न वडा कार्यलयलाई हस्तान्तरण गरेको हो । स्थलगत अबलोकन गरि राहत प्रदान गरेको छ । प्रदेश सांसद रामजी प्रसाद घिमिरे , नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल मुस्कान , नेपाली कांग्रेस महासमिति सदस्य केशव श्रेष्ठ शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी , उपप्रमुख टीका रेश्मी, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ , नेपाली कांग्रेसका महासमिति सदस्य केशव श्रेष्ठ , शितगंगा १२ का वडा अध्यक्ष बाबुराम गैरे, नेकपाका वसन्त श्रेष्ठ , नेपाली कांग्रेसका नारायण बन्जाडे, जिल्ला अध्यक्ष युवराज श्रेष्ठ , बरिस्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसाल , निर्माण ब्यबसायी संघका अध्यक्ष ऋषिराम अधिकारी ,सह अध्यक्ष कासिराम बस्याल , उपाध्यक्ष बसन्त भुसाल , उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद भुसाल , जिवलाल बन्जाडे, जिल्ला सदस्य लक्ष्मण कंडेल, पार्वता श्रेष्ठ ,साजन अलि, रुद्र श्रेष्ठ , , ुपत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको टोलीले स्थलगत अनुगमन गरी उक्त राहात प्रदान गरेको हो । त्यसैगरी साना किसान कृषि सहकारीले १० हजार रुपैयाँ राहात प्रदान गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close