कांग्रेसको आयोजनामा सन्धिखर्कमा आज र भोली हुने प्रशिक्षण कार्यक्रमको तयारी पुरा

सन्धिखर्क ।नेपाली कांग्रेस अर्घाखाँचीको आयोजनामा आज र भोली प्रशिक्षण सहितको कार्यक्रम गर्दैछ । आज विहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा आफ्ना नेता, कार्यकर्तामा उर्जा प्रवाह गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
प्रशिक्षणका लागी कांग्रेस सहमहामन्त्री बद्री पाण्डे, देवराज चालिसे लगायतका नेता जिल्लामा आउने जनाएको छ। यस्तै नेतृ पुष्पा भुसाल, रेवती प्रसाद भुसाल, लुम्बिनी प्रदेश सभापती अमर सिंह पुन लगायतका नेताहरुले पनि प्रशिक्षण दिनेछन् ।
सन्धिखर्क १ संगम फुडल्यनमा हुने कार्यक्रममा जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमिति, पालिका कार्यसमिति, वडा सभापती, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, निर्वाचित जनप्रतिनिधी, उम्मेद्वारका आकांक्षी, महाधिवेशन प्रतिनिधी लगायतलाई प्रशिक्षणमा सहभागी हुने उपसभापती बिष्णु भुसालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !