थप १९ सय ११ जनामा कोरोना पुष्टि,११ को मृत्यु

सबैको सन्देश/ काठमाण्डौ।
नेपालमा बितेको २४ घण्टामा १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो।योसहित कुल नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७९ हजार ७ सय२८ पुगेको छ ।आज थप ९ सय६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।यो सहित नेपालमा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ ।पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट म‌ृत्यु भएको छ।योसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close