त्रिदेशीय टी–२० क्रिकेटमा नेपालको विजयी शुरुवात

काठमाण्डौ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालमा यूएईलाई ७ विकेटले हरायो ।
यूएईले दिएको १ सय ४१ रनको लक्ष्य नेपालले १८ ओभर ५ मा ३ विकेट गुमाएर भेटायो । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायो । नेपालले दोस्रो खेल भोलि बिहीवार हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।
कमेन्ट गर्नुहोस !