अर्घाखाँचीको ढिकुरामा भारतीय नम्बरको गाडी दुर्घटना,५ घाइते

सागर महत ,सन्धिखर्क ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुरामा बुधबार साँझ भएको गाडी दुर्घटनामा परि ५ जना घाइते भएका छन । सुजुकी कम्पनिको भारतीय नम्बरको मारुती HR ४६ E९१३४ गाडी दुर्घटना भएको हो ।

घाइते हुनेमा भुमिकास्थान नगरपालिका वडा नम्बर ९का रमाखर नेपाली ,बिमल नेपाली ,विष्णु नेपाली ,बिपीन नेपाली र गाडी चालक बाजुराको बडिमालिका नगरपालिका ५ का खोरख बहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाइते मध्ये थप उपचारको लागि रमाखर नेपालीलाई बुटवल रिफर गरिएको बताएको छ । अन्य तिन जनालाई जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारपछि रिफर गरिएको हो ।
टाउकोमा सामन्य चोट लागेका चालक साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ढिकुराबाट सुरुसिङ जाँदै गरेको गाडी दुर्घटना भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close