आईसीसी विश्व कप क्रिकेटमा भारतले बङ्लादेशलाई हरायो

काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेटमा भारतले बङ्लादेशलाई ७ विकेटले हराएको छ । बङ्लादेशले दिएको २ सय ५७ रनको लक्ष्य भारतले ४१ ओभर ३ बलमै मात्र ३ विकेट गुमाएर भेट्टायो । त्यसअघि ब्याटिङ गरेको बङ्लादेशले ८ विकेटको क्षतिमा २ सय ५६ रन बनाएको थियो ।

भारत चारमा चारवटै खेल जित्दै ८ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । समान ८ अङ्क रहेको न्युजिल्यान्ड रनरेटका आधारमा शीर्ष स्थानमा छ । चार खेलमा एक खेल मात्रै जितेको बङ्लादेश सातौँ स्थानमा छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close