आज बडादसैं टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं । बडादसैंको टीकाको उत्तम साइत आज बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर २ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको हो ।

विजया दशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन गरि मान्यजनको हातबाट देवीको प्रसादका रुपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

टीका लगाइ दिनेले पूर्वमोहडा गर्ने र लगाउनेले पश्चिम फर्केर लगाउँदा उत्तम हुने समितिको भनाइ छ । यसरी टीका लगाउँदा सुख शान्ति र समृद्धि हासिल हुने विश्वास गरिन्छ ।

उत्तम साइतमा टीका लगाउन नपाउनेहरुका लागि देवी विसर्जनको साइत सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर बाधा नहुने र जुनसुकै बेला पनि टीका ग्रहण गर्न सकिने समितिले जनाएको छ ।
यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ। राष्ट्र सेवकका लागि अपराह्न २ देखि ३ बजेसम्म समय तोकिएको छ। अन्य सर्वसाधारणका लागि अपराह्न ३ देखि ५ बजेसम्म राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न सक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close