अर्घाखाँचीको पाणिनिमा आँखा शिविर र विद्यालयलाई प्रविधिमैत्री बनाउन कम्प्युटर हस्तान्तरण

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीको ग्रामीण क्षेत्रमा आँखा शिविर र विद्यालयलाई विद्यालयलाई प्रविधिमैत्री बनाउनको लागि कम्प्युटर हस्तान्तरण गरिएको छ ।जिल्लाको पाणिनि गाउँपालिका ७ झन्द्रेकमा आँखा शिविर र कम्प्युटर हस्तान्तरण कार्यक्रम  भएको हो ।निशुल्क शिविरमा करिव २सय जनाले चेक जाँच गराएको अर्घाखाँची दीगो विकास केन्द्रका अध्यक्ष डा.जयबहादुर टण्डनले बताउनुभयो ।निःशुल्क औषधी चस्मा सहितको शिविरमा ८० भन्दा बढीलाई चस्मा वितरण गरिएको थियो ।

शिविरमा सन्धिखर्क र बुटवल उपचार गर्न जान बाध्य त्यहाँका नागरिकले प्रत्यक्ष सेवा लिदा खुशी भएका छन ।यस्तै सोही कार्यक्रममा भगवती आधारभुत विधालयलाई ५थान कम्प्युटर सेट,५थान चेयर,१थान प्रीन्टर,कार्पेट लगायतका सामग्री हस्तान्तरण गरिएको अध्यक्ष टण्डनले बताउनुभयो।


रोटरी क्लब महाराजगन्ज काठमाडौको आर्थिक सहयोग र दिगो विकास केन्द्र अर्घाखाँचीको आयोजनामा सम्पन्न भएको रोटरी क्लब महाराजगन्ज काठमाण्डौंका चार्टर पेरसीडेट तथा अर्घाखाँची दिगो विकास केन्द्रका उपाध्यक्ष डा.मुक्तिराम श्रेष्ठले बताउनुभयो।

जिल्लामा स्वास्थ्य क्षेत्रको सुधारको लागि पालिकालाई समेटेर शिविर गदै आएको  बताउनुभयो ।यस्तै अन्य क्षेत्रमा पनि सामाजिक भावनाका साथ काम गरिरहेको श्रेष्ठले बताउनुभयो ।

पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने गाउँमै शिविर गरेकोमा आयोजकलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रमको आवश्यक रहने भएकाले आफुहरु सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने ,जिल्ला समन्वय समितिका कमल घिमिरे,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि ताराप्रसाद श्रेष्ठ ,पाणिनी गाउँपालिका कांग्रेस सभापति तुल्सी पौडेल ,समाज सेवी मनिराम पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो।कार्यक्रम वडा नम्बर ७का वडा अध्यक्ष गुनाखर अधिकारीको अध्यक्षता शिक्षक तिलक बेल्बासेको संचालनमा सम्पन्न भएको हो। सोही कार्यक्रममा डा.जयबहादुर टण्डनले आर्थिक अवस्था कमजोर भएर क्याम्पस शुल्क बुझान समस्या भएकी अस्मिता टण्डनलाई छात्रवृत्ति बापत २८हजार नगद हस्तान्तरण गर्नुभएको हो ।

आँखा उपचारमा प्राविधिक सहयोग जिल्ला आँखा उपचार केन्द्र अर्घाखाँची र जिल्ला अस्पताल अर्घाखाँचीले समन्वय गरेका थिए ।

 

 

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close