विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई फराकिलो अन्तरले हरायो

काठमाण्डौ ।आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई फराकिलो अन्तरले हराएको छ । हिजो भएको खेलमा दक्षिण अफ्रिका १ सय ९० रनले विजयी भयो । जितसँगै दक्षिण अफ्रिकाको ७ खेलमा १२ अङ्क भएको छ ।

जितका लागि ३ सय ५८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३५ ओभर ३ बलमा १ सय ६७ रनमा अलआउट भयो । त्यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डी कक र रसी भान डे डुसेनको शतकमा ४ विकेट गुमाएर ३ सय ५७ रन बनाएको थियो । विश्व कप क्रिकेटमा आज घरेलु टोली भारत र श्रीलङ्का खेल्दैछन् । यो खेल वाङ्खडेमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close