गुल्मीमा १५ वर्षिय बालिका मृत फेला

गुल्मी । गुल्मीमा १५ वर्षीय बालिकाको शव नग्न अवस्थामा फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरकी बाटुली रूचालकी छोरी मनिषा रूचालको हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

उनी बिहिवार दिउँसो आफ्नै खेतमा काम गरिरहेका बेला बजारमा सुर्ती किन्न गएकी थिइन् । उनी नफर्किएपछि खोजी कार्य सुरु गरिएको थियो । आज शान्तिपुरकै पुरानो बजारदेखि उदय मावि जाने पुलको तलपट्टी खोलाको बीच भागमा शव देखेपछि  स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।अहिले घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली पुगेको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close