अर्घाखाँचीमा १ जना पुरुष मृत अवस्थामा फेला

सागर महत ,सन्धिखर्क ।
अर्घाखाँचीको पाणिनि गाउँपालिकामा एक जना पुरुषको बेवारीसे शव मृत अवस्थामा फेला परेको छ ।गाउँपालिकाको वडा नम्बर २ बालासिद्व मन्दिर नजिकै भिरमा नामथर नखुलेको पुरुषको शव  फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सोहि अनुसार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी दिपेन्द्र रावलको टोली घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।शव भिरको बिचमा भेटिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close