सामना साँस्कृतिक परिवारद्वारा साँस्कृतिक कार्यक्रम प्रदर्शन

हिम लेकाली, अर्घाखाँची ।
नेपाल कम्युनिष्ट पार्टी बिप्लब निकटको सामना सांस्कृतिक परिवारले सन्धिखर्कमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ ।
सामना जन संगित अभियान २०८० सम्पन्न गर्न कपिलबस्तु ,दाङ्ग ,प्युठान , हुँदै अर्घाखाँची आएको सामना साँस्कृतिक परिवार पश्चिम लुम्बिनी ब्युरोको एक टोलीले शुक्रबार सन्धिखर्कमा विभिन्न जनवादि गीत तथा नृत्यहरू प्रस्तुत गरेको हो ।

सांस्कृतिक संयोजक देवराज सिंले यतिबेला राष्ट्र राष्ट्रियता ,जनतन्त्र ,जनजिविकाका सवाल संकटमा पर्दै गएको , राष्ट्रलाई जस्ता राष्ट्रघाँती सम्झौता पास गरेर देशलाई बिदेशिको कृडास्थल बनाउन खोजेको भन्दै देश भर सामना सांस्कृतिक परिवारले चेतना गीतले जनता जगाउँदै हिडेको बताउनु भयो ।
त्यसै गरि कार्यक्रममा नेकपा बिप्लबका पार्टी जिल्ला सल्लाहकार अध्यक्ष ,जनयुद्धका घाइते अपांग प्रबास बा ले राष्ट्रीयताको बिषय सबैको साझा भएकोले सबै देशभक्तहरू राष्ट्र बचाउँन एक भएर अघि बड्नु पर्ने बताउनु भयो । उहाँले गणतन्त्रको यात्रामा आईपुग्दा समेत जनताले साँचो परिवर्तनको अनुभूति गर्न नपाएको दुख ,पीडा ,निरासा बाट सर्ब साधारण जनताहरू आज पनि आक्रान्त भएको र बर्तमान राजनिति चौबाटोमा अलपत्र परेको बटुबा जस्तै देखिएको बताउनु भयो । उहाँका अनुसार यो सांस्कृतिक अभियानले पार्टीको अगुवाईमा जिल्लाका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close