आत्मनिर्भरता र समृद्धिको यात्रा सहकारीबाट गर्न सकिन्छ नगर प्रमुख श्रेष्ठको भनाइ

अनिल नेपाली ,अर्घाखाँची ।सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले स्थानीय सरकारले सहकारीको प्रबद्र्धन गरी आत्मनिर्भरताको बलियो आधार बनाउनको लागि छरिएर रहेका सहकारीलाई एकीकृत गरी गोलबन्द्ध गर्ने बताउनुभएको छ । सन्धिखर्क नगरपालिका वडा न ७ खाँचीकोटमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९ औ बार्षिक साधारणसभाको आज उद्घाटन गदै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो ।


नगर प्रमुख श्रेष्ठले सहकारीले ऋणीलाई आबश्यकता अनुसार लगानी गरी व्यक्तिलाई स्वरोजगार बनाई दैनिक जीवनमा जीविकोपार्जनको समेत सघाउ पु¥याउने गरी आत्मनिर्भरता काम सहकारीबाट गर्न सकिने हुदा सहकारीबाट ऋण लगेका ऋणीको अनुगमन गरी उत्पादन सग जोडि आर्यआर्जन समृद्धिको यात्रा तय गर्न सकिने भएकोले सहकारीमा गोलबन्द्ध हुन आग्रह गदै सन्धिखर्क नगरपालिकाले दिसाहिन लक्ष्यहिन सहकारीको पहिचान गरी गुणतात्मकमा भन्दा मात्रात्मकमा जोड दिने काम गरेको बताउदै सहकारीको लक्ष्य र उद्देश्य अनुसार काम गर्न आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य लक्ष्मण कडेल सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा बहादुर केसी, २ का अध्यक्ष मोतिजङ्ग रायमाझी सिटिजन लाईफ ईन्सोरेस कम्पनि लिमिटेडका प्रमुख नारायण जिसी ,कृषि विकास बैकका शाखा प्रमुख दुर्गा खनाल लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै सहकारी उत्पादनमुलक क्षेत्रमा लागि परिमाणमा आउने गरी काम गर्नुपर्ने बताए । कार्यक्रममा उत्कृष्ट कृषि तथा पशुजन्य कार्य गर्ने बाबुराम केसी , निर्मला भट्टाराई , मिरा शाह ,हुमकला पुरी,लिला खत्री फुर्सि नेपाली,सविना मल्ल,पबित्रा मरासिनी आचार्य,शान्ता नेपाली, शान्ता ज्ञवाली, राधिका आचार्य,विराज मुखियालाई सम्मान गरिएको थियो भने ज्येष्ठ शेयर सदस्य लगायत विभिन्न विधामा सहकारीमा आबद्ध लाई सम्मान गरिएको थियो विगत लामो समयदेखि स्थापना भएको सहकारीले शेयर सदस्यको हितमा विभिन्न काम समेत गदै आफुलाई अब्बल सावित गदै आएको छ कार्यक्रम सहकारी अध्यक्ष चन्द्राबती पोख्रेलको अध्यक्षता, प्रबन्धक बिष्णु मरासिनीको सञ्चालन ,उपाध्यक्ष पद्यलोचन आचार्यको स्वागत मन्तब्यमामा सम्पन्न कार्यक्रममा सस्थाको बार्षिक प्रगति प्रतिबेदन सस्थाकी अध्यक्ष चन्द्राबती पोख्रेलले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा समाजसेबी बुद्धिजिवी शेयर सदस्य सञ्चारकर्मी लगायतको उल्लेखनीय सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close