पोखराबाट बस चोरेर चितवन पुर्‍याउने एक किशोर पक्राउ

काठमाण्डौं ।पोखराबाट बस चोरी गरी लैजाँदै गरेको अवस्थामा चितवनबाट एक जना किशोर पक्राउ परेका छन्। पोखराको पृथ्वीचोक बसपार्कबाट शुक्रबार राति ग १ ख ९६३८ नम्बरको बस हराएको थियो ।

खोजतलासको क्रममा चितवनबाट १७ वर्षीय किशोर बससहित पक्राउ परेका हुन ।प्रहरीले बस चलाउँदै लगिरहेको अवस्थामा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ आँपटारीमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनलाई फेला पारेको थियो।पक्राउ पर्ने बालक तनहुँको म्याग्दे गाउँपालिका–३ का हुन् । किशोरलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close