प्रशासन कार्यालय अर्घाखाँचीमा अति आवश्वक बाहेकका सम्पुर्ण सेवा एक हप्ताको लागि बन्द

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सहित ४ जनामा कोरोना पुष्टि भएपछि अति आवश्वक बाहेकका सम्पुर्ण सेवा एक हप्ताको लागि बन्द गरिने भएको छ ।बिहिबार प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा, प्रमुख जिल्ला अधिकारीका सवारी चालक, सुरक्षा गार्ड,कोरोना पुष्टि भएको थियो ।प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले प्रशासनमा रहेका दुई जना सहायक प्रमुख जिल्ला अधिकारी मध्ये एक जना लाई कोरोना पुष्टि भएकाले एक जना लाई नभएकाले कार्यालय बाट हुने सेवा संचालन गर्ने, भनेता पनि पुन संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरू आज देखि एक साताका लागि बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरू एक साताका लागि बन्द गरिएको छ ।यस्तै शान्ति सुरक्षा, मुद्दा, राहत, उद्दार लगायतका अत्यावश्यक सेवाहरू भने नियमित रहने खनालले जानकारी दिनुभयो।
जिल्लाका विभिन्न ठाउँमा भएको विपद व्यवस्थापन उद्वार राहत र पुनस्थापनामा खटिएकै अवस्थामा स्वास्थमा समस्या आएपछि प्रमुख जिल्ला अधिकारी लगायत स्वाब संकलन गरेर गुल्मी प्रयोगशालामा पठाइएको रिपोर्ट पोजेटिभ आएको थियो ।यस्तै समुदाय स्तरमा पनि सचेत रहन आग्रह गरिएको छ।
कमेन्ट गर्नुहोस !