लामिछानेलाई जेल बाहिरै बसेरमुद्दा लड्न उच्च अदालत पाटनको अनुमति

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई जेल बाहिरै बसेरमुद्दा लड्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।आज जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग गर्दै पुनरावेदनका लागि पुगेका उनालाई अदालतले बाहिरै बसेर मुद्दा लड्न लिखित अनुमति दिएको हो ।

उनी जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन लिएर उच्च अदालत पाटन पुगेका हुन् । गत महिना कामाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो ।परिवर्तित नाम गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गर्न लागेका हुन् ।

बलात्कार मुद्दामा दोषी ठहर भएसँगै उनले क्रिकेटबाट अलग हुने स्वघोषणा गरेका थिए । यसैबीच उच्च अदालत पाटनमा उनले दिएको पुनरावेदनको निवेदन दर्ता भएको छ । निवेदन दर्तापछि सन्दीपलाई चैत १२ गते पहिलो तारेखका लागि बोलाइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close