मालारानीको शिद्धबाबा स्वास्थ्य आमा समुह द्वारा गाउँपालिकाको विपत कोषमा दश हजार सहयोग

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी ४ मा रहेको शिद्धबाबा स्वास्थ्य आमा समुहले मालारानी गाउँपालिकाको कोरोना राहत व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ ।समुहको आम्दानी बाट एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य,उपाध्यक्ष प्रमिला क्षेत्री प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती लाई राहत कोषमा रकम जम्मा गर्न नगद दश हजार सहयोग गरिएको बताइएको छ ।टोल स्तरको समुहले पनि सहयोग गरेकोमा गाउँपालिका अध्यक्ष आचार्यले समुहको उन्नती प्रगतीको कामना गदै,यो विपतको समयमा सहयोग गरेकोमा समुह लाई धन्यवाद समेत दिनुभएको छ ।यता समुहकी उपाध्यक्ष रोमा खनालका अनुसार सानो सहयोगले विपतमा परेका ब्यक्ती लाई सहयोग हुने तथा अरु लाई पनि विपतमा परेका ब्यक्ती लाई सहयोग गर्ने सिको होस भन्ने उदेश्यले समुहले सहयोग गरेको उहाँले बताउनुभयो।
समुहको केहि समय पहिला खिचिएको फाइल तस्वीर
कमेन्ट गर्नुहोस !