पुर्व सांसद क्षेत्रीको पहलमा अर्घाखाँचीका २६ अग्नी पिडित परिवारलाई राहात सामग्री हस्तान्तरण

अर्घाखाँची । लुम्बिनी प्रदेशकी पुर्व सासंद निर्मला क्षेत्रीको पहलमा अर्घाखाँचीका अग्नि पीडितहरुलाई राहत वितरण गरिएको छ । गत चैत २४ गतेदेखि वैशाख २६ गते सम्म आगलागीबाट घरगोठ जलेर नष्ट भएका २६ घरपरिवारलाई खाद्यान्न,लत्ताकपडा लगायतका सामानहरु वितरण गरिएको हो ।

पिडित परिवारलाई केही भएपनि राहत होस भनेर जनप्रतिनिधिहरुको समन्वय उक्त सामग्री हस्तान्तरण गरिएको पुर्व सांसद क्षेत्रीले बताउनुभयो ।
भुमिकास्थान नगरपालिका वडा नम्बर १,५,३र ४,मालारानी गाउँपालिका वडा नम्बर ५,शितगंगा नगरपालिका वडा नम्बर ५,पाणिनी गाउँपालिका ३र ८र छत्रदेव गाउँपालिका ४ र ५ र सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा अग्नी पिडितको घरमा पुग्नुभएकी उहाँले घरबारविहिन परिवारको दिगो रुपमा पुनःस्थापनाका लागि राज्य जिम्मेवार हुनु पर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग आगामी दिनमा पनि गर्ने बताउनुभयो ।

बिपत्तिको अबस्थामा सबै एकै ठाउँमा उभिएर समस्याको समाधान गर्नुपर्ने विषमा पनि जोड दिनुभएको थियो ।


नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजना र टेवा नेपालको सहयोगमा उक्त राहत सामग्री जनप्रतिनिधिको समन्वयमा वितरण गरिएको हो ।गत वैशाख १७ गते भुमिकास्थान नगरपालिका वडा नम्बर ५ असुरकोटमा आगलागी परि ४ वर्षिय अप्सरा बिकको मृत्यु समेत भएको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close