एमाले प्यूठान अध्यक्षमा पुन विष्ट विजयी

प्युठान। नेकपा एमाले प्यूठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए । उपाध्यक्षमा माधव शर्मा पौडेल,सचिवमा ईन्द्रमणी पोख्रेल,उप—सचिवमा, हिरामणी भण्डारी इश्वरा आचार्य लगायतको जिल्ला कमिटीमा निर्वाचित भएको छ ।
अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको थियो । जिल्ला अधिवेशनका लागि छनोट भएका ५सय३९ मध्ये ५सय२३ जनाले मतदान गरेका थिए । जसमध्ये अध्यक्षमा विष्टले २सय९९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मधुर शर्माले १८५ र अजय सिंहले २५ मत पाएका थिए ।

त्यसैगरी उपाध्यक्षमा पौडेलले २५७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेगनसिंह कवरले २५१ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close